play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

0

मङ्सिर १७, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहीबेर मात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केहीबेर मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो ।कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । सोही प्रस्तावको विषयमै नेकपाभित्र विवाद छ ।प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । आजको बैठक औपचारिकतामै सीमित भइ मंसिर २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Share.

Leave A Reply