play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

कक्षा १२ को नतिजा अबको एक महिनाभित्रै प्रकाशित हुने

0

मंसिर १७, कक्षा १२ को परीक्षाफल अबको एक महिनाभित्रै प्रकाशित हुने भएको छ ।परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण सुरु भएको र महिना दिनभित्रै नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डकाअनुसार विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र नतिजा प्रकाशित हुनेछ । बोर्डले एक हप्ताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले छिटो हुने बोर्डले जनाएको छ । यसपटक कोरोनाका कारण सबै विद्यार्थीलाई आफूले नै अध्ययन गरेको विद्यालयमा परीक्षा दिएका छन्।यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना केही दिनभित्रै प्रकाशित हुने बोर्डले जनाएको छ ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्म प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । प्रत्यक्ष सम्भव नभएका ठाउँमा अनलाइन कक्षालाई निरन्तरता दिने परिषद्ले जनाएको छ कोरोनाको कारण गएको चैतदेखि शैक्षिक संस्था बन्द छन् । अनलाइन कक्षा भइरहे पनि माथिल्लो तह र प्राविधिक विषयमा विद्यार्थीको उपस्थिति राम्रो भए पनि स्नातक तहका गैरप्राविधिक विषयमा सहभागिता कम छ । त्रिभुवन विश्वविद्यालयले आठ महिनाअघिदेखि रोकिएका परीक्षा पनि लिन थालेको छ । कोभिड महामारीकै बीच स्वास्थ्य सावधानी अपनाएर परीक्षा भइरहेको हो ।

 

Share.

Leave A Reply