play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

भारतीय कप्तान कोहलीद्वारा एकदिवसीय क्रिकेटमा कीर्तिमान

0

मङ्सिर १७, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् घरेलु टिम अष्ट्रेलियाविरुद्धको अहिले जारी तेस्रो खेलमा २३ रन जोड्दै कोहलीले १२ हजार रन पुरा गरेका थिए ।कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।


कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी समेत बने ।यस्तै कोहली १२ हजार रन पुरा गर्ने छैटौं खेलाडी हुन् ।१२ हजार रनको कोशेढुंगा पुरा गर्ने अन्य खेलाडीमा रिकी पोन्टिङ, कुमार संगाकारा, सनथ जयसूर्या र महेला जयवर्धने रहेका छन् ।क्यानबेरामा जारी खेलमा कोहली ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए ।

Share.

Leave A Reply