play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन

0

मङ्सिर १७, नेपाल क्रिकेट संघ (क्यान) ले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ ।क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै कर्माचार्यको संयोजकत्वमा छनोट समिति गठन गरिएको जनाएको छ ।कर्माचार्य राष्ट्रिय टिमका पूर्व कप्तान हुन् ।सन् १९९६ मा कर्माचार्यको कप्तानीमा नेपालले आईसीसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी खेलेको थियो ।उनी क्यानका पूर्व सदस्य समेत हुन् । यस्तै उनले क्यानको सचिव भएर काम गरिसकेका छन् ।यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ ।क्यानले दुई समितिका अन्य सदस्यहरु भने आगामी बैठकले थप गर्ने जनाएको छ ।

Share.

Leave A Reply