play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

एफसी क्लब च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

0

मंसिर १७ ,चितवन । इंग्लीश फुटबल क्लब लिभरपुल र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको समुह ‘डी’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई १–० ले हराउँदै लिभरपुल राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

यही समुहको अर्को खेलमा इटालीको एटलान्टाले डेनमार्कको एफ.सी मिडेल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो । उता समुह ‘सी’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको पोर्चुगलको एफसी पोर्टो नक आउट चरणमा पुगेको छ । यो समुहबाट म्यान्चेस्टर सिटी यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ ।

Share.

Leave A Reply