play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लिभरपुलका कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा

0

मंसिर १७ ,चितवन । लिभरपुलका कप्तान जोर्डन हेन्डरसन ‘बीबीसी स्पोर्ट्स’ अवार्डको मनोनयनमा परेका छन् । बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा उनको नाम समेटिएको हो ।

प्रिमियर लिग क्लब लिभरपुलका कप्तान हेन्डरसनको नेतृत्वमा गत सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको थियो । त्यसैगरी यो अवार्डका लागि क्रिकेटर स्टुवार्ट ब्रोडसमेत अवार्ड मनोनयनमा परेका छन् । अन्य खेलाडीको नाम बीबीसीले विस्तारै सार्वजनिक गर्ने बताएको छ । समर्थकको मतको आधारमा यो अवार्ड प्रदान गरिन्छ । विजेताको घोषणा भने डिसेम्बर ३० मा हुनेछ ।

Share.

Leave A Reply