play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली नभएको महान्यायाधिवक्ताको स्पष्टीकरण, परिणाम स्वीकार्न सुझाव

0

मंसिर १७ ,चितवन । अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । राष्ट्रपति पदमा पराजित डोनाल्ड ट्रम्पले आफ्नो पकड भएका विभिन्न राज्यमा धाँधली गरेर पराजित गरेको भन्दै निर्वाचनको परिणाम स्वीकार नगर्ने बताइरहेका बेला महान्यायाधिवक्ताको कार्यालयको यस्तो भनाइ आएको हो । अमेरिकी न्याय विभागका महान्यायाधिवक्ता विलियम वारले आफ्नो विभागले निर्वाचनविरुद्ध ट्रम्पले लगाएको आरोप पुष्टि गर्ने कुनै आधार नभएको स्पष्ट पार्नुभयो । उहाँले ट्रम्पले आफू अनुकल नतिजा नआएपछि लगाएको आरोपको पुष्टि गर्ने कुनै आधार नभएको दावीसमेत गर्नुभयो । आफ्नो पराजय स्वीकार नगर्ने यसअघि नै ट्रम्पले बताएपनि निर्वाचनमा अनियमितता नभएकाले नतिजा स्वीकार्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

गत महिना मतदानको प्रक्रिया सुरु भएदेखि नै ट्रम्पले अनियमितता भएको भन्दै परिणाम आफ्नो पक्षमा नआए अदालत जाने बताउनुभएको थियो । तर राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि अदालतले उहाँको अपीलको सुनुवाइ गर्न अस्वीकार गरेको छ । ट्रम्पले बाइडेनर्लाइ विजयी गराउन विदेशी चलखेल भएकोसमेत आरोप लगाउँदै आउनुभएको छ । अमेरिकामा निर्वाचनमा विदेशी सहयोग लिनुलाई गैरकाननुनी मानिन्छ । यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले आफ्नो पक्षमा मत परिणाम ल्याउन रुससँग विभिन्न सहयोग लिएको भन्दै व्यापक आलोचना भएको थियो ।

Share.

Leave A Reply