play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

सात वर्ष अघि स्वास्थ्यमन्त्रीले शिलान्यास गरेको अस्पताल अझै बनेन,दूई पटक सम्म शिलान्यास

0

मंसिर १६,  बर्दिबास । जिल्लाको एक सरकारी अस्पतालको निर्माणाधीन भवनको दुईपटक शिलान्यास गरिएको छ । सात वर्षअघि गौशालामा एक सरकारी अस्पतालको निर्माणाधीन भवनको शिलान्यास गरिएको थियो । सोमबार सोही अस्पतालको भवनको दोस्रोपटक शिलान्यास भएको हो ।

फरक यति हो कि सात वर्षअघि स्वास्थ्यमन्त्रीले उक्त भवनको शिलान्यास गरेका थिए । सोमबार भने गौाशाला नगरपालिकाका मेयर शिवनाथ महतोले शिलान्यास गरे ।

उनले इँटा, सिमेन्ट, मसला राखेर सुविधासम्पन्न भनिएको भवनको निर्माण आरम्भ गरे । शिलान्यास समारोहमा बोल्दै मेयर महतोले भने, ‘स्वास्थ्यमन्त्रीज्यूले सात वर्षअघि अस्पताल भवनको शिलान्यास गरेर जानुभयो । तर, भवन निर्माण गर्न मन्त्रालयले न बजेट पठायो, न त मन्त्री नै फर्केर आउनुभयो ।’

उनले अगाडि थपे, ‘यसपालि अस्पताल पक्का बन्छ ।’ यसपटक उक्त अस्पताल निर्माणका लागि संघीय सरकारले १८ करोड बजेट विनियोजन गरेको छ ।

 

Share.

Leave A Reply