play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

फेसबुक ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ

0

मंसिर १६, चितवन । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा बारामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २३ वर्षीया मनिषा गिरी छन् ।

फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त रकम माग गरेको भन्ने जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी इटहरी उपमहानगरपालिका ६ इटहरी बजार अन्तर्गत रहेको आईएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

Share.

Leave A Reply