play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

ओली धुम्बाराही नजाने भएपछि बालुवाटारमै नेकपा बैठक सुरु,अध्यक्षद्धयको प्रस्ताव बारे छलफल हुने

0

मंसिर १६, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भ्एको हो । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ९ जनै सदस्यहरुको सहभागिता रहेको छ ।

नेकपा अध्यक्षद्धय  केपी शर्मा ओली  रपुष्प कमल दाहाल प्रचण्ड 

नेकपा अध्यक्षद्धय  केपी शर्मा ओली  र पुष्प कमल दाहाल प्रचण्ड 

सो बैठकमा यसअघि ओली र प्रचण्डले ल्याएको दुबै प्रस्ताव बारे छलफल हुने बुझिएको छ । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीलाई विभिन्न विषयमा प्रश्न गर्दै १९ पेज लामो प्रस्ताव ल्याएका थिए भने १३ गतेको सचिवालय बैठकमा पनि ओलीले जवाफी प्रतिवेदन ल्याएका थिए ।
दुवै प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि नेकपाभित्रको विवाद कसरी अघि बढ्छ भन्ने दिशा तय हुने नेताहरुको भनाइ छ ।

 

Share.

Leave A Reply