play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

कोरोना संक्रमितहरुको फोक्सोमा लामो समय असर पर्ने देखियो:अनुसन्धानकर्ता

0

मंसिर १६, चितवन । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको फोक्सोमा संक्रमण निको भएको तीन महिना भन्दा बढि समयसम्म असर पर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर यो विषय अझै पनि खोज र विवादको विषय रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अक्सोफोर्ट विश्वविद्यालयमा १० जना संक्रमितमा गरिएको अध्ययनमा कोरोना भाइरसको संक्रमणका कारण तीन महिना भन्दा बढि समय फोक्सोमा असामान्य असर देखिएको हो । सो असर नोवल स्क्यानिङ्गबाट मात्रै थाहा पाउन सकिने अध्ययनमा संलग्नले बताएका छन् । कन्भेन्सल स्क्यानबाट कोरोना भाइरसको संक्रमणबाट फोक्सोमा पर्ने असरबारे थाहा नहुने अनुसन्धानकर्ताले बताए । जेनन ग्यासको प्रयोग गरेर एमआरआई स्क्यान गरेर फोक्सोमा परेको असर देखिएको हो । फोक्सो रोग विज्ञहरुले कोभिड–१९ का बिरामीमा दीर्घकालीन असर पर्ने देखिनुले बिरामीहरुमा ठूलो प्रभाव पर्ने बताएका छन् । १९ देखि ६९ वर्ष उमेर समूहका १० जनामा गरिएको अध्ययनमा तीन महिना भन्दा लामो समय असर पर्ने देखिएको र थप अनुसन्धानको खाँचो रहेको प्रमुख अनुसन्धानकर्ता प्रोफेसर फेर्गुस ग्लीसनले जनाएका छन् । एजेन्सी ।

 

Share.

Leave A Reply