play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारको अध्ययन सुरु

0

मंसिर १६,चितवन । मुस्ताङको कोरलामा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारले अध्ययन थालेको छ । चीनसँगको तेस्रो नाकाबाट दुई देशीय व्यापार अभिवृद्धि गर्न बन्दरगाह निर्माणको अध्ययन सुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरला पासको भौगोलिक अवस्था र उपयुक्त भूमि पहिचान गरी सुख्खा बन्दरगाहको काम अघि बढाउन परामर्शदातासँग करार सम्झौता गरिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

‘कोरला नाकामा सुख्खा बन्दरगाह निर्माणबारे अध्ययन गर्न सीतारा इकोकोडसँग समझदारी भएको छ, साढे तीन महिनामा रिपोर्ट प्राप्त हुन्छ,’ गजुरेलले भने । परामर्शदातालाई सुख्खा बन्दरगाहको भौगोलिक अवस्था पहिचान गर्ने, बन्दरगाह निर्माणका लागि प्रारम्भिक खाका र लागत अनुमान गर्ने जिम्मेवारी तोकिएको छ । यस्तै कोरला क्षेत्रको व्यापारको आकार, शीपमेन्ट तथा ट्रक ढुवानीको पाँच, दश र २५ वर्षे पूर्वानुमान पनि अध्ययनबाट प्राप्त हुने विकास समितिले जनाएको छ । बन्दरगाहको वित्तीय तथा आर्थिक खाका र विस्तृत इन्जिनियरिङ अध्ययनका लागि कार्यादेश पनि प्राप्त हुने जनाइएको छ ।

Share.

Leave A Reply