play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँने स्वास्थ्यमन्त्रीको भनाइ

0

मङ्सिर १५, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ वर्ष मुनिकाका बालबालिकाका लागि खोप परीक्षण नै नगरिएकाले लगाउन नमिल्ने बताए ।सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे । ६ प्रतिशत जनताको कोरोना परीक्षण गरिसकिएको जानकारी दिंदै मन्त्री ढकालले दैनिक ३० हजारको परीक्षण गर्ने सक्ने क्षमता नेपालमा रहेको बताए । सरकार प्रदेशमा ५० शैयाको र केन्द्रमा ३०० शैयाको ल्याब सहितको सरुवा रोग उपचारका लागि अस्पताल बनाउने अभियानमा लागेको बताउँदै मन्त्री ढकालले कुनै पनि पालिका अस्पतालबिहिन नहुने गरी काम भईरहेको बताए ।


यस्तै फरक प्रसङ्गमा मन्त्री ढकालले भरतपुर अस्पतालमा भवन निर्माणका लागि जग्गा अभाव देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । ढकालले ३१ बिघा जमिन रहेको अस्पतालमा नै अहिले जग्गा अभाव हुनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।भरतपुर अस्पताल धनी बाबुको सुकुम्बासी छोरो सरह भएको उनको भनाई छ । भरतपुर अस्पतालको नाममा ३१ बिघा जग्गा रहेपनी बिभिन्न संघ संस्थाहरुलाई नि:शुल्क तथा लिजमा प्रयोगका लागि दिँदा अस्पताल जम्मा ११ बिघामा खुम्चिएको छ । मन्त्री ढकालले यस्तो उदारताले संस्था चलाउन नसकिने बताएका छन् ।


प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी, अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारी, पूर्वमेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, अस्पतालका निमित्त मेट्रोन (नर्सिङ प्रमुख) शान्ता भण्डारीलगायत बोलेका थिए ।

कार्यक्रममा ५० श्ययाको दुई तले सरुवा रोग अस्पताल भवन र ५० श्ययाको आकस्मिक कक्ष भवन बन्ने जानकारी दिइयो । सरुवा रोग भवन निर्माण गर्न रु आठ करोड बजेट सरकारले विनियोजन गरिसकेको छ । क्रमागत योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न हुनेछ ।आकस्मिक कक्ष भवन एक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । रु ११ करोड लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको भवनको लागि सरकारले रु नौ करोड बजेट विनियोजन गरिसकेको छ ।

Share.

Leave A Reply