play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

कुनै पालिकाहरु अब अस्पताल विहिन नरहने स्वास्थ्यमन्त्रिको दाबि

0

सिनर्जी डेक्स

मङ्सिर १५, स्वास्थ्य तथा जंनसंख्या मन्त्रि भानुभक्त ढकालले कुनै पालिकाहरु अब अस्पताल विहिन नरहने बताएका छन् । सोमबार चितवनको भरतपुर अस्पतालमा सरुवा रोग र अकस्मिक सेवाको भवन शिलान्यास गर्दै मन्त्री ढकालले सरकारले सातै प्रदेशमा तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास कार्य गरेको बताउदै अब सबैको समु स्वास्थ्य सेवा सहज भएको उनले बताएका हुन । उनले एक चिकित्सिक एक स्वास्थ्य संस्था पनि पाईलट प्रोजेक्टको रुपमा अघि बढाएको समेत जानकारी दिएका छन् ।

अहिले सरकारी अस्पतालमा काम गरेका चिकित्सक कर्मचारी अन्यन्त्रै व्यस्त हुन जसले जर्दा सरकारी अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको छैन उनले भने यो हामीलाई राम्रो संग थाहाँ छ हामीले सबै भन्दा पहिले एउटा मात्र संस्थामा काम गर्दा उसको जिवन चल्छ भन्ने ग्यारेन्टी गरी व्यवस्था गर्दै छौ कार्यविधि स्वीकृत समेत ढकालले जानकारी दिए ।

Share.

Leave A Reply