play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

नेपालमा राजा आउनुपर्ने बताउदै ठाउ-ठाउमा प्रर्दशन:माइतीघरमा नारा : हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ

0

मङ्सिर १५, काठमाडौंको माइतीघर मण्डलमा सोमबार वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपालको व्यानरमा राष्ट्रिय झण्डासहित उपस्थित भएकाहरुको समूहले गणतन्त्र र संघीय शासन र धर्मनिरपेक्षता व्यवस्थाविरुद्ध प्रदर्शन गरेका हुन् ।राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजी माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले विभिन्‍न स्थानबाट जुलुस निकालेर माइतीघरमा प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भनेर नारा घन्काएका थिए ।बबरमहल, सिंहदरबार, थापाथलीसहितका स्थानमा गरिएको कडा सुरक्षाको बावजुद उनीहरु माइतीघरमा जम्मा भएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधरसँग नजिक रहेका नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष विपीन कोइराला पनि सहभागी थिए ।


आगामी मंसिर २० गते राजावादीहरुले बृहत् प्रदर्शन तयारी स्वरुप यो प्रदर्शन गरिएको बताइएको छ। पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।यसअघि काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज, मकवानपुरको हेटौंडा र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको थियो ।

Share.

Leave A Reply