play_circle_outline On Air

गितसंगीत

play_circle_outline On Air

गितसंगीत

क्रिकेटको मुख्य प्रशिक्षक पाउन अझै २ हप्ता लाग्ने

0

मङ्सिर १५, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने भएको छ ।अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण मुख्य प्रशिक्षक नियुक्तिमा थप दुई हप्ता ढिलाई हुने भएको हो ।नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो तर्फको सम्पूर्ण प्रक्रिया पुरा गरेको तर आईसीसीको कारण मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाई हुने जनाएको छ ।यस अघि क्यानले मंसिरको दोस्रो हप्ता मुख्य प्रशिक्षक सार्वजनिक गर्ने बताएको थियो ।क्यानका सचिव अशोक नाथ प्याकुरेलले क्यानले सम्पूर्ण रिपोर्ट आईसीसीमा पठाएको र सबै काम आईसीसीसँगको समन्वयमा गर्नु पर्ने भएको कारण मुख्य प्रशिक्षक घोषणा थप दुई हप्ता ढिलाई हुने जानकारी गराए ।
प्याकुरेलले आईसीसी आफ्नो निर्वाचनमा व्यस्त रहेको र अहिले क्यानले गरेको कामको मुल्यांकन गरिरहेको कारण मुख्य प्रशिक्षक घोषणा ढिला भएको बताए ।उनले तत्काल नाम बताउँन मिल्ने खालका प्रशिक्षक छनोट गरिनसकेको समेत बताए ।क्यानले गत नोभेम्बर १४ मा मुख्य प्रशिक्षकका लागि आवेदन परेको मध्येबाट १२ जनाको अन्तर्वार्ता लिएको थियो । यस्तै अन्तर्वार्तापछि क्यानले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक घोषणा गर्ने बताएको थियो ।नेपाली टिम लामो समयबाट मुख्य प्रशिक्षक विहीन रहदै आएको छ ।

Share.

Leave A Reply