play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आईसीसीको एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल

0

मङ्सिर १५, अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।नेपाल एकदिवसीयतर्फ १६ औं र टी-ट्वान्टीतर्फ १५ औं स्थानमा रहेको छ ।नेपालले एकदिवसीयमा १८ रेटिङ र टी-ट्वान्टीमा १ सय ८० रेटिङ पाएको छ ।नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो । एकदिवसीयतर्फ भने १४ औं स्थान उत्कृष्ट वरीयता हो ।टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्यान्ड र तेस्रो स्थानमा भारत रहेका छन् एकदिवसीयतर्फ शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।
नेपालले गत फेब्रुवरीमा घरेलु भूमिमा भएको एकदिवसीय त्रिकोणात्मक सिरिजपछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको छैन ।यस्तै मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-ट्वान्टी क्रिकेट खेलेपछि नेपालले टी-ट्वान्टीको अन्य प्रतियोगिता खेलेको छैन ।त्यस्तै खेलाडीको टी-ट्वान्टी ब्याटिङतर्फ पारस खड्का ७० औँ स्थानमा रहेका छन् बलिङतर्फ सन्दीप लामिछाने ८३ औं स्थानमा रहेका छन् ।

Share.

Leave A Reply