play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

२०२२ मा नेपालको पर्यटन दौडन्छ–योगेश भट्टराई

0

मंसिर १५,चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने बताएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास मन्त्रि भट्टराईले भने– नेपालको पर्यटन क्षेत्र कोरोना भाईरसका कारण सुनशान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ । कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उनको विश्वास छ ।

मानिसहरु अहिले घरमानै छन्, कोरोनाको भ्यासिन संगै घुम्न नपाएर बसेका हरु नसोचेको ढंग बाट भ्रमणमा निस्कने उनले बताए । नेपालीमा समेत परिवारसहित खर्च गरेर घुम्न जाने प्रचलन स्थापित भएकाले यसले पनि पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए । हामीले २०२१ लाई आन्तरीक पर्यटनको रुपमा जोड गर्ने लक्ष्य बनाएका छौ । यद्धपी वन्द पर्यटन क्षेत्र खुल्ला गर्दै अन्तराष्ट्रिय उडान खुकुलो बनाउदै लगेको उनले बताए । हामी संग प्रकृती र संस्कृती छ यसलाई दक्ष जनशक्ति उत्पादन गर्दै यहि बाट अर्थतन्त्रलाई चलाएमान बनाउने हो ।उनले भने – २०२२ मा नेपालको पर्यटकीय गतिविधिमा आधि भेरीनै आउछ, पुरानो लय भेट्नेमात्र हैन हैन यो क्षेत्र दौड्न्छ ।

Share.

Leave A Reply