play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नारायणगढ न्युरोड स्थित आर्भी इन्टरेनशनल प्रा.लिको सेवा सुरु

0

मंसिर १५ ,चितवन । चितवनको नारायणगढ न्युरोड स्थित आर्भी इन्टरेनशनल प्रा.लि.ले आइतबारबाट आफ्नो सेवा सुरु गरेको छ ।

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले आफ्नो आधिकरिक सुजुकी जेन्युन पार्टस् को विक्रेताको रुपमा आर्भी इन्टरनेशनलले आफ्नो सेवा सुरु गरेको हो ।

सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले आइतबार आर्भी इन्टरनेशनलको उद्घाटन गर्नुभयको थियो । नेपाली बजारमा बढ्दो चापमा बिक्री रहेको सुजुकी चारपाङ्ग्रे सवारी साधन तथा तिनको पार्टपूर्जाको मागलाई मध्यनजर गर्दै, ग्राहकलाई अझ छिटो, छरितो तथा सहज रूपमा सुजुकी गाडीका गुणस्तरीय पार्टपुर्जा उपलब्ध गराउने यश आर्भी इन्टरनेशनलको मुख्य उद्देश्य रहेको
आर्भी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरज राज जोशी ले जानकारी दिनुभयो ।

चितवनको नारायणगढ, मुग्लिङ, मकवानपुरको हेटौंडा, पर्साको वीरगंज र नवलपरासी पूर्वको कावासोतीसम्म सेवा तथा पहुँच दिने उद्देश्यले आर्भीले सेवा सुरु गरेको जोशी जि ले जानकारी दिनुभयो ।

Share.

Leave A Reply