play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ

0

मंसिर १५,चितवन । अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । दाङको घोराही बजारबाट घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्गप्रसाद सुनार पक्राउ परेका हुन् ।

अवैध सुन लिएर बजारमा हिँडिरहेको सुराकीका आधारमा उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको र उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply