कोरोना भाइरसको उत्पत्ति भारतमा भएको चिनियाँ वैज्ञानिकको दाबी

0

मङ्सिर १४, कोभिड-१९ भनिने कोरोना भाइरस हाल विश्वभर फैलिएको छ। करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् भने धेरैको ज्यान गएको छ।विश्वलाई आतंकित बनाइरहेको यो भाइरस गत बर्षदेखी फैलिन सुरु गरेको थियो।यसको उत्पत्ति चीनको वुहानमा भएको भनिएपनि चीनले यसलाई अस्वीकार गर्दै आइरहेको छ।
यसैबीच, चिनियाँ वैज्ञानिकले कोरोना भाइरस (कोभिड-१९) को उत्पत्ति भारतमा भएको दाबी गरेका छन्।चिनियाँ वैज्ञानिकले नयाँ खोजपश्चात सो दाबी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।चीनको एकेडेमी अफ साइन्समा कार्यरत ती वैज्ञानिकहरूले भनेका छन्, ‘विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस चीनबाट नभएर भारतबाट फैलिएको हो।’यसबारे कतिपय विश्लेषकले चीनले छिमेकी राष्ट्रलाई चिढ्याउन नयाँ रणनीतिका रूपमा कोरोना भाइरस नीति अपनाएको टिप्पणी गरेका छन्।चीनको यो दाबीसँगै पुनः एक पटक भारत र चीनको सम्बन्ध थप बिग्रन सक्ने अनुमान भइरहेका छन्।यी दुई राष्ट्रबीच पछिल्लो समय सीमा र राजनीतिक विषयमा विवाद चल्दै आएको पनि छ।

Share.

Leave A Reply