play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

एक वर्षपछि सागको खर्च विवरण सार्वजनिक

0

मङ्सिर १४, नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खर्च विवरण सार्वजनिक भएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो ।पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुद तर्फ १ अरब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।यस्तै निर्माणतर्फ २ अरब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ ।राखेपले आम्दानीका स्रोतमा सरकारबाट प्राप्त, टिकटबाट उठेको रकम, विज्ञापनको रकम र सहभागि राष्ट्रबाट प्राप्त भएको जनाएको छ ।
राखेपले १ करोड ९३ लाख ८० हजार २२४ रुपैया रकम फ्रिज भएको पनि जनाएको छ ।त्यस बाहेक राखेपले १३ औं सागका पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागि राष्ट्रिय संघहरुलाई पुरस्कारवापत २२ करोड ७६ लाख वितरण गरिएको समेत जनाएको छ ।राखेपले साग सकिएको एक वर्षपछि प्रतियोगिताको हिसाब किताब सार्वजनिक गरेको हो ।१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो ।घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ ।तर, लामो समयसम्म राखेपले खर्च विवरण सार्वजनिक गर्न सकेको थिएन।साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।तर, राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोनाको महामारीको कारण ढिला भएको जनाएको छ ।

Share.

Leave A Reply