play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना

0

मंसिर १४, बाग्लुङको गलकोटबाट काठमाण्डौ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिनुभयो । हेलिकप्टरमै सवार उहाँले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । यस्तै, हेलिकप्टरको अगाडिको सिसा फुटेको पनि उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply