play_circle_outline On Air

देशप्रेदेश

play_circle_outline On Air

देशप्रेदेश

सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्वारा सदर

0

मंसिर १४,चितवन । सर्वोच्च अदालतले जबरजस्ती करणीका आरोपी ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले दिएको आदेश सदर गरेको छ। २०७६ माग ९ गते उच्च अदालत विराटनगरले तीन लाख धरौटीमा रिहा गर्ने सुनसरी जिल्ला अदालतको थुनछेक आदेशलाई उल्ट्याउँदै गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

उक्त आदेशलाई शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सदर गरेको हो। गिरीले गत कात्तिक १९ गते उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए। गिरीले सुनसरीको चतराधामस्थित आश्रममा २९ वर्षीया महिला अनुयायीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा गत कात्तिक ४ गते किटानी जाहेरी परेको थियो। जाहेरीपछि उनलाई पक्राउ गरे पनि बिरामी भएको बहानामा गिरी मंसिर १२ गतेदेखि ३८ दिनसम्म विराटनगरस्थित विराटनगर अस्पतालमा भर्ना भएर बसेका थिए।

Share.

Leave A Reply