play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

बेलायतमा कोरोना खोप डिसेम्बर पहिलो साताभित्रै उपलब्ध हुने ,तयार रहन अस्पताललाइ आह्वान

0

मंसिर १४,चितवन । बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन् । एनएचएस इंग्ल्यान्डले बेलायतका अस्पतालहरूमा ७ देखि ९ डिसेम्बरभित्र खोप आइपुग्ने जनाउँदै तयारी अवस्थामा रहन आह्वान गरेको बेलायती अखबारले उल्लेख गरेका छन् । फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो ।

तर, यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाले भण्डारण र ओसारपसारमा चुनौती रहेको स्वास्थ्यविद्हरूको धारणा छ । उक्त खोप स्वीकृतिका लागि सरकारले बेलायती नियामक निकाय मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)सँग आग्रह गरिसकेको छ । गत साता बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले बेलायतमा खोप उपलब्ध गराउन एमएचआरएलाई भनिसकेको बताएका थिए । यद्यपि उक्त निकायले कहिलेसम्म अनुमति दिन्छ निश्चित छैन । बेलायत सरकारले फाइजर र बायोएनटेकको ४ करोड डोज, अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ ।

Share.

Leave A Reply