play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच झडप : कम्तीमा १३ जनाको ज्यान गयो

0

मंसिर १४,चितवन । यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच झडप हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । अभियान प्रान्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा आठ विद्रोही सैन्य लडाकु र पाँच सरकारी सैनिकको ज्यान गएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ । यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुस्मनका रूपमा हेर्दै आएका छन् । एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको थियो । यमनमा हुथी विद्रोही र अन्य विद्रोहीविरुद्धको लडाइँमा साउदी अरबको सैन्य सहयोगमा संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त सरकारको नेतृत्वमा शान्ति स्थापनाको प्रयास गरिए पनि त्यसो हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी ।

Share.

Leave A Reply