play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सिरी ए फुटबलको साविक विजेयता युभेन्टस बराबरीमा रोकीयसंगै पाँच स्थान तल झर्यो

0

मंसिर १४,चितवन । साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबलको पाँचौँ स्थानमा झरेको छ । सिजनका ९ खेल सकिँदा उ शीर्ष चारबाट तल पुगेको हो । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बेनेवेन्तोले युभेन्टसलाई १–१ को बराबरीमा रोकेको हो । अवे मैदानमा भएको खेलमा २१ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लियो । तर उसले सो अग्रता जोगाउन सकेन । बेनेवेन्तोका लागि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा लेटिजियाले गोल गरे । पहिलो हाफमा गोल गरेका मोराटा इन्जुरी समयको सातौँ अर्थात ९७ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९ खेलबाट १७ अंक भएको युभेन्टस पाँचौँ स्थानमा आएको छ । रोमा १७ अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको सासुओलोको १८ अंक छ । सासुओलोलाई ३–० ले पराजित गरेको इन्टर मिलान १८ अंक नै भए पनि दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको एसी मिलानको २० अंक रहेको छ ।

Share.

Leave A Reply