play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

पाकिस्तान भारतमा चरमपन्थी पठाउने प्रयासमा रहेको भारतीय सेना प्रमुख नरवणेको आरोप

0
भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणे

भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणे

मंसिर १४,चितवन । भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान सीमा पारीबाट भारत तर्फ चरमपन्थी पठाउने प्रयासमा रहेको आरोप लगाएका छन् । शनिबार केरलामा भएको इन्डियन नेभल एकेडेमीको पासिङ्ग आउट परेडको क्रममा पाकिस्तानमाथि भारत तर्फ चरमपन्थी पठाउन प्रयासरत रहेको गम्भीर आरोप लगाएका हुन् ।

पाकिस्तान जम्मू–कश्मीरमा घुसपैठ गर्ने तथा सामान्य लोकतान्त्रिक गतिविधिहरुमा खलबल पार्ने हरसम्भव प्रयास गरिरहेको सेना प्रमुख नरवणेले बताए । जाडो याममा पाकिस्तान नियन्त्रण रेखा नजिक ‘आतंककारी’ लाई पठाउने कोशिशमा रहेको आरोप उनले लगाएका छन् । यस सम्बन्धी खबर टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ । भारतीय सेना प्रमुख नरवणेले भनेका छन्, ‘हाम्रो पश्चिम सीमाहरुमा अहिलेको अवस्थामा आतंकवाद लगातार एउटा गम्भीर चुनौति बनिरहेको छ । सबै प्रयासका बाबजुद पनि यो चुनौति कम भइरहेको छैन ।’

Share.

Leave A Reply