play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

नेपाल भारत नियमति हवाइ उडान खुला,दैनिक दुई उडान हुने

0

मंसिर १४,चितवन । सरकारले नेपाल भारत नियमति हवाइ उडान खुला गरेको छ । कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल भारत हवाइ उडान खुला गर्ने निर्णय भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको नियमित उडान खुलाको निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । दुई देशका नागरिक मात्र आउजाउ गर्ने गरी नेपाल(भारतबीच तत्काललाई दैनिक दुई उडान हुने उनले बताए । हाल नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान हुनेछन् ।

Share.

Leave A Reply