play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

नेपालमा कोभाक्समार्फत कोरोनाको खोप ल्याउन विवरण पठाइँदै,नेपाल न्युन आय भएको देशको सुचिमा

0

मंसिर १४,चितवन । नेपालले कोभाक्स सुविधाअन्तर्गत सहुलियत दरमा समयमै कोभिड–१९ को खोप पाउन सम्बन्धित निकायमा प्राविधिक विवरण पठाउने तयारी गरेको छ । कोभाक्सले आफूसँग आबद्ध १८६ मुलुकलाई खोपसँग सम्बन्धित प्राविधिक जानकारी पठाउन भनेपछि सरकारले तयारी थालेको हो । मुलुकमा खोपका लागि भएको कोल्ड चेनको अवस्था र सञ्चारलगायतका जानकारी अनलाइनबाट छिटो पठाउन भनिएकाले प्राविधिक जानकारी दिने अन्तिम तयारीमा पुगेको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सजिलै कोभिड खोप पाउनका लागि विभिन्न मुलुकको समूह तयार पारेको छ । डब्लूएचओले यो समूहलाई कोभाक्स अर्थात् ‘ग्लोबल भ्याक्सिन फेसिलिटी’ नाम दिएको छ । सन् २०२१ सम्म प्रभावकारी कोभिड खोपको दुई अर्ब मात्रा वितरण गर्ने कोभाक्सको लक्ष्य छ । कोभाक्समा थुप्रै गरिब र धनी देश जुटेका छन । हाल कोभाक्समा सहभागी १८६ मुलुकमध्ये ९२ न्यून र मध्यम आय भएका राष्ट्र छन् । नेपाललाई न्यून आय भएको मुलुकमा राखिएको छ । युनिसेफका अनुसार कोभाक्स सुविधाअन्तर्गत न्यूनतम २ अर्ब खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग बोलपत्र आह्वान गरेर प्रस्ताव मागिएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी)’ को व्यवस्थापनमा कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति गर्ने योजना बनाइएको हो । हाल विश्वमा कोभिडविरुद्घ १५४ वटा खोप प्रि–क्लिनिकल अर्थात् जनावर र प्रयोगशालासम्बन्धी प्रयोगको चरणमा रहेको गाभीले जनाएको छ ।

Share.

Leave A Reply