उवासंघ चितवनका निवर्तमान अध्यक्ष सहन प्रधान बाग्मति प्रदेशको कार्यकारिणी सदस्यमा निवार्चित

0

मंसिर १४,चितवन । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुुनभएको हो । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गर्नुभयो भने प्रधानको पक्षमा ५३ मत परेको छ । यसैबिच महासंघको कार्यकारिणी सदस्य पदमा उद्योग वाणिज्य महासंघ चितवनका निवर्तमान अध्यक्ष तथा सिनर्जी एफ.एमका प्रबन्ध निर्देशक सहन लाल प्रधान बाग्मति प्रदेशको कार्यकारिणी सदस्यमा निवार्चित हुनुभएको छ । यस्तै गैडाकोट उद्योग वा संघ का अध्यक्ष अमृत भट्टचन पनि सखस्यमा बिजयी हुनुभएको छ ।

 

Share.

Leave A Reply