play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

आगो ताप्दा झ्याल ढोका बन्द गर्नु स्वास्थ्यका लागि हानिकारक:डाक्टर

0

मंसिर १४,चितवन ।  आगो ताप्दा झ्याल ढोका बन्द गर्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरले बताएका छन् । जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । नेपाल मेडिकल कलेजका कम्युनिटी मेडिसिन विभागका प्रमुख डाक्टर सुनिलकुमार जोशीका अनुसार चिसोमा समयमा कृत्रिम तातोभन्दा पनि प्राकृतिक विकल्प नै खोज्नुपर्ने हुन्छ ।

झ्याल ढोका थुनेर हिटर, कोइला वा आगो ताप्दा वातावरणमा भएको ओसिलो हावालाई सोसिदिने गर्छ । हिटर धेरै प्रयोग गर्दा छाला सुख्खा हुने, शरीर चिलाउने, समस्या हुन सक्छ । बालबालिकालाई त झन् यसले निक्कै असर गर्ने उहाँको भनाइ छ । अक्सिजनको मात्रा कम गराउने भएकाले श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरको तातोमा सास फेर्न गाह्रो हुन सक्छ । कतिपय अवस्थामा ज्यान नै जान सक्ने भएकाले सावधानी अपनाउन डाक्टर जोशीको सुझाव छ । यस्तै चिसो मौसममा बिहानको चिसोमा बाहिर नहिँड्दा नै राम्रो हुने डाक्टर जोशी बताउनुहुन्छ । चिसो समयमा बाहिर निस्कँदा प्रदूषण मिसिएको चिसो हावाले निमोनिया, स्वासप्रश्वास, एलर्जी, रुघाखोकीलगायतका स्वास्थ्य समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply