उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

0

मंसिर १४,चितवन । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।

आज(आइतबार) बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुुनभएको हो । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गर्नुभयो भने प्रधानको पक्षमा ५३ मत परेको छ । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानको पक्षमा ३ सय ७५ मत परको छ । २० प्रतिशत हिस्सा रहेको वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याउनु भएको छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । यसमा ढकालले ५४ दशमलव २६ मतभार प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५ दशमलव ७४ प्रतिशत मतभार प्राप्त गर्नुभयो । निजी क्षेत्रको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।

Share.

Leave A Reply