play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

घमण्ड र अहंकारले पार्टी नचल्ने प्रचण्डको स्पष्टोक्ति

0

मङ्सिर १३, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहंकार र घमण्डले भरिएको बताएका छन् ।सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको प्रत्युत्तरमा अहंका बाहेक केही नदेखिएको बताएका हुन् ।ओलीको जवाफलाई प्रचण्डले अफवाहको संज्ञा दिएका थिए । ओलीले दोस्रो केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय नमानेपछि पार्टीमा समस्या सिर्जना भएको भन्दै त्यसलाई सच्याउनुको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।
‘प्रचण्ड’ले ओलीमा अझै कमजोरी महसुस गरेर आत्मालोचनासहित पार्टीलाई अघि बढाउने भाव नदेखिएको समेत बताएका थिए ।प्रधानमन्त्री ओलीको एक घन्टा लामो मन्तव्यपछि शनिबारको सचिवालय बैठकमा छोटो सम्बोधन गरेका प्रचण्डले त्यस्तो बताएको ती केन्द्रीय सदस्यले भने ।यद्यपि, ओलीका तर्फबाट जवाफी प्रस्ताव आउनुलाई आफूले सकारात्मक रूपमै लिएको बताउँदै प्रचण्डले दुवै प्रस्तावमाथि सही ढंगले छलफल गरिए पार्टी एकतालाई अझ मजबुद बनाउन सकिने विश्वास व्यक्त गरेका थिए ।

Share.

Leave A Reply