play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न ओलीको प्रस्ताव, अब आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष नबन्ने घोषणा

0

मङ्सिर १३, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । त्यसका लागि प्रचण्ड तयार हुने कि नहुने भन्दै उनले आफ्नो जवाफी प्रस्तावमार्फत प्रश्न समेत गरेका छन् । प्रचण्डले यसअघि ल्याएको प्रस्तावमाथि लिखित जवाफ दिन ओलीले ल्याएको प्रस्तावमा भनिएको छ, ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’
उनले आगामी महाधिवेशनबाट आफू अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने जानकारी स्थायी समिति बैठकमै गराइसकेको बताउँदै नेतृत्व परिवर्तनको चलखेल नगर्न प्रचण्डलाई सचेत समेत गराएका छन् ।
ओलीले प्रचण्डले आफूमाथि ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाएको आरोप अस्वीकार गरेका छन् । यस्तै आफूमाथि ‘भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेको’, ‘विदेश मामला र कुटनीतिमा ‘अयोग्यता प्रदर्शन गरी देशलाई क्षति पु¥याएको’, ‘सङ्घीयता विरोधी’, आदि फौजदारी प्रकृतिका सङ्गीन र झुठा लाञ्छनाहरु प्रच्ण्डले प्रस्तावमा लगाएको प्रति पनि तीव्र असन्तुष्टि जनाएका छन् ।

Share.

Leave A Reply