मङ्सिर १३, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषकको गुनासो कहिल्यै नहट्ने बताएका छन् । आज भरतपुर आएका भुसालले कृषकको ठुला समस्याहरु समाधान गर्दै लैजाने तर उनिहरुको गुनासो भने कहिल्यै अन्त्य नहुने बताएका हुन् ।त्यस्तै उनले कृषिमा आधुनिकता गर्ने कामहरु पनि ठीक ठाउँमा अघी बढीरहेको बताएका बताए ।
भुसालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई पुर्नसंरचना गर्न लागिएको बताएका छन् । उनले पार्टी एकताबारे पनि बताएका थिए । उनले पार्टी एकताको लागि पार्टीको संस्थागत विधिभित्रबाट नै यो पार्टी विवाद समाधान गरिने बताएका छन् ।