play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

चिनको खोप श्रीलंकामा प्रयोग हुने,सुरुमा २० प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप लैजाने

0

मंसिर १३,चितवन । श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ । श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएका छन् ।

विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिए । उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ । साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए । सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ । खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउना साथ जतिसक्दो छिटो आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए।

Share.

Leave A Reply