play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

आफ्नो परमाणु वैज्ञानिकको ह*त्याप्रति इरान आक्रोशित, घटनाको बदला लिने चेतावनी

0

मंसिर १३,चितवन । इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह*त्याप्रति दुःख व्यक्त गर्दै इरानले हत्याको बदला लिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको दावी गर्नुभएको छ । उहाँले इरान आतंकवादीको शिकार बन्दा एक महत्वपूर्ण व्यक्ति गुमाएर आफ्नो देश शोकमा डुबेको प्रतिक्रिया दिनुभएको छ । यसैबीच इरानी सेनाले घटनामा जो केही संलग्न रहेपनि बदला लिएरै छोड्ने चेतावनी दिएको छ ।

इरानको रेबोल्सुनरी गार्डका मेजर जनरल हुसैनले फखरीजादेहको हत्या गरी आधुनिक विज्ञानमा आँच पु¥याउने कार्य भएको भन्दै बदला लिने चेतावनी दिएको हो । इरानको तेहरानस्थित अवसार्ड शहरमा इरानको शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहका हतियारधारी आतंकवादीको हमलामा मा*रिएका हुन् । हातियारधारी आतंकवादी समूह र फखरीजादेहका अंगरक्षकबीच दोहोरो झडपका क्रममा गम्भीर घाइते भएका र उनको उपचारकै क्रममा मृ*त्यु भएको हो । टनामा चार जना बन्दुकधारी पनि मारि*एका छन् । इरानको परमाणु हतियार निर्माता मोहसिन फखरीजादेह इरानको परमाणु बमका पिताको रुपमा परिचित थिए । यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिककोे ह*त्या भएको थियो ।

Share.

Leave A Reply