मंसिर १३,चितवन । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृ*त्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृ*त्यु भएको भारतीय सेनाले जनाएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् ।
१३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् । गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको मृ*त्यु भएको थियो ।