मंसिर १३,चितवन । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज चुनाव भईरहको छ । महासंघको ५४ औं वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव भएको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाण्डौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ ।
जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान भईरहेको छ । कोरोना सङ्क्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ । समितिका कुनै विवाद र समस्या नआए शनिबार राति नै मतपरिणाम आउने समितिले जनाएको छ ।