आगलागीका घटना बढ्यो,वैशाखयता ८४ करोड बढीको आर्थिक क्षति,२० जनाको ज्यान ग*यो

0

मंसिर १३,चितवन ।  हिउँदयाम लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । आगलागीका घटना बढ्न थालेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले आगोमा काम गर्दा र आगोले टिप्ने सामग्रीको व्यवस्थापनमा विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । विशेषगरी विद्युतीय सामग्री र ग्यासको सावधानीमा ध्यान दिन उहाँको सुझाव छ ।

पछिल्ला दुई दिनमा १६ जिल्लामा आगलागीका घटना भएका छन् । बिहीबार काठमाण्डौसहित विभिन्न ७ जिल्ला र शुक्रबार ललितपुरसहित सोलुखुम्बु, दाङ, तेह्रथुम, कञ्चनपुर, मुगु, धनुषा, धनकुटा र महोत्तरीमा आगलागीका घटना भएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता गौतमका अनुसार भौतिक क्षति र घटना सङ्ख्याका हिसाबले सबैभन्दा बढी आगलागीका घटना हुने गरेको छ । प्राधिकरणले आगलागीका घटना न्यूनीकरणका लागि आवश्यक तयारीमा लाग्न जिल्ला जिल्लामा निर्देशन समेत दिएको छ । गएको वैशाखयता एक हजार बढी आगलागीका घटना भएको प्राधिकरणको तथ्याङ्क छ । ती आगलागीका घटनामा परि २० जनाको ज्यान ग*एको छ । एक सय ८६ जना घाइते भएका छन् । झण्डै ८४ करोड ११ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

Share.

Leave A Reply