play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

देशका विभिन्न अस्पतालमा उपचारारत थप ३ जना कोरोना संक्रमितको मृ*त्यु

0

मंसिर १३,चितवन । देशका विभिन्न अस्पतालमा उपचार गराईरहेको ३ जना कोरोना संक्रमितहरुको उपचारका क्रममा मृत्यु भएको छ । गोरखा, रुपन्देही र कपिलवस्तुका गरि ३ जनाको मृ*त्यु भएको हो मृत्यु हुनेमा एक जना महिला र २ जना पुरुष रहेका छन् । गोरखाको गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृ*त्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो ।

यसैगरि रुपन्देही र कपिलवस्तुका थप एक–एक जना कोरोना संक्रमितको बुटवलमा मृ*त्यु भएको छ । बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृ*त्यु भएको हो । मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११ः२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनी मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले बताए । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृ*त्यु  हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।

Share.

Leave A Reply