play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नेपालमा छिमेकीको भ्रमण बढ्दै ,आईतबार चिनियाँ रक्षामन्त्री आउने ,राष्ट्रपति र प्रधानमन्त्री लाई भेट्ने

0

मंसिर १३,चितवन । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी दिएको छ ।

चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही

चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही

भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै फर्कने छन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

Share.

Leave A Reply