play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारि

0

मंसिर १२ चितवन । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ । संघीय संसद सचिवालयले कोरोना संक्रमणबाट जोगिँदै बैठक सञ्चालन गर्नका लागि सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । संघीय संसद सचिवालयका सहसचिव तथा प्रवक्ता डा.रोजनाथ पाण्डेले भौतिक रुपमातयारी भइसकेको बताए । असार १८ गते संसदको अधिवेशन अन्त्य भएको थियो । तर, लामो समय बितिसिक्दा पनि संसद सुरु नभएको भन्दै आलोचना भइरहेको छ ।

 

संविधानको धारा ९३ मा संसद अधिवेशनको आह्वान र अन्त्यसम्बन्धि व्यवस्था छ । जसमा संसदको एउटा अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन प्रारम्भ भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्था अन्तर्गत पुस १८ अघिनै संसदको अधिवेशन सुरु भइसक्नुपर्ने हुन्छ । संसद सचिवालयका प्रवक्ता पाण्डेले सोअघिनै संसद बैठक सुरु हुने बताए । तर, सरकारले संसदको अधिवेशन कहिलेबाट सुरु गर्ने भन्ने विषयमा भने संसद सचिवालयलाई जानकारी गराएको छैन । संवैधानिक व्यवस्थाअनुसार अब एक महिनाभित्र संसद सुरु गर्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले सो अवधिमै बैठक सुरु हुने भन्दै तयारीमा जुटेको छ । सत्तारुढ दल नेकपाभित्रको विवादका कारण संसद बैठकसमेत बन्धक बनिरहेको छ ।

Share.

Leave A Reply