सुनको मुल्य दुई सय रुपैयाँले घट्यो ,यस्तो छ आजको दरभाउ

0

मंसिर १२ चितवन । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो । तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ ।

बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।

Share.

Leave A Reply