play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

गुल्मी जीप दुर्घटना : ६ जनाको मृ*त्यु ,अन्य २ को उपचार हुँदै (नामसहित)

0

मंसिर १२ चितवन । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा मृ*त्युहुनेनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा मृ*त्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापाको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply