play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

भारतमा किसानहरुद्धारा सडकमै रात बिताएर आन्दोलन ,वार्ताका लागि सरकार तयार

0

मंसिर १२,चितवन । भारतमा नयाँ कृषि कानूनको विरोधमा किसानको प्रदर्शनले विशाल रुप लिएको छ । ‘दिल्ली चलो’ मार्च गरिरहेका किसानहरु विभिन्न राज्यबाट दिल्ली तर्फ ठूलो संख्यामा अघि बढेका छन् । प्रहरीले प्रदर्शनमा सहभागी किसानलाई फिर्ता पठाउन बल प्रयोगसहितका कोशिश गरे पनि सफल भएको छैन । आन्दोलित किसानहरुले सडकमै रात बिताएका छन् । केन्द्रीय कृषि मन्त्री नरेन्द्र तोमरले किसानसँग आन्दोलन स्थगित गर्न अपिल गर्दै सरकार वार्ताका लागि तयार रहेको बताएका छन् ।

अकाली दलका प्रमुख सुखवीर सिंह बादलले किसानको विपक्षमा रहेका कानून अन्त्य हुने तय नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । केन्द्र सरकारले हालै ल्याएका नयाँ कनुनमा कृषि क्षेत्रमा पूँजीपति या व्यसायिक घरानालाई सुम्पिने नियत रहेको र त्यसले किसानको कुनै पनि अर्थमा हित नहुने किसान संगडनहरुले आरोप लगाउँदै आएका छन् ।

पञ्जाब, हरियाणा र उत्तर प्रदेशसहितका भारतका विभिन्न राज्यमा कृषि कानूनको विरोधमा आन्दोलन हुँदै आएको छ । नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले केही महिना पहिले कृषि उपज व्यापार तथा बाणिज्य (संवर्धन र सरलीकरण), कृषक (सशक्तिकरण तथा संरक्षण) मूल्य आश्वासन र कृषि सेवामा करार, आवश्यक वस्तु (संशोधन) कानून ल्याएको थियो ।

Share.

Leave A Reply