कहिले रोकिएला बलात्कारका घटना : डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार

0

मङ्सिर ११, डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा गएराति एक महिलामाथि सामूहक बलात्कार भएको छ ।स्थानीय ३० वर्षकी महिलामाथि मेला हेरेर फर्किएका युवाहरुले सामूहिक बलात्कार गरेको उजुरी परेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।मेला हेरेर फर्किएका २ पुरुषले गोठमा काम गरिरहेकी महिलामाथि बलात्कार गरेको भन्ने उजुरी आएको बताउदै उनले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।घटनामा संलग्नको आरोपमा प्रहरीले स्थानीय ३० वर्षका टेक दमाईंलाई पक्राउ गरेको छ ।

Share.

Leave A Reply