play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

महासङ्घको वार्षिक साधारणसभा शुरु :देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

0

मङ्सिर ११, नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताउनुभयो । कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उहाँले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो । सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताउनुभयो ।


गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताउनुभयो । देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताउनुभयो । सरकारले भन्दा बढी निजी क्षेत्रले मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो ।प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

Share.

Leave A Reply