play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चाडपर्वको समयमा चितवनमा ९८ जना जुवाडे पक्राउ

0

मङ्सिर ११, चितवनमा चाडपर्वको समयमा जुवातास खेल्ने ९८ जना जुवाडे पक्राउ परेका छन् । दसैंको कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्मको अवधिमा जिल्लाको बिभिन्न स्थानबाट उनिहरु पक्राउ परेका हुन् ।उनिहरुको साथबाट १५ लाख ८४ हजार २ सय ५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका भित्रका मात्रै ५० जना रहेका छन् ।


त्यस्तै रत्ननगर नगरपालिकाबाट ३१ जना जुवाडे पक्राउ परेका थिए । उता माडी नगरपालिकाबाट ७ जना, खैरहनी नगरपालिकाबाट ६ जना र कालिका नगरपालिकाबाट ४ जना पक्राउ परेका थिए ।

Share.

Leave A Reply